गैडहवा गाउँपालिकामा बजेट पारित हुन सकेन

प्रकाशित मिति:

ललित पाण्डेय ,रुपन्देही ,२ साउन -रुपन्देहीको गैडहवा गाउँपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट पारित हुन सकेको छैन । गाउँपालिकाका सदस्यहरु बिचमा विवाद हुँदा बजेट पारित हुन नसेकेको हो । असार १ गते बसेको गाउँसभाको बैठकमा २० जना सदस्यहरु उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६ –७७ को लागि ५६ करोड , १५ लाख ३ हजार बजेट ल्याएको थियो । चालु तर्फ ५ करोड १० लाख ३५ हजार , पुँजीगत तर्फ ३० करोड ९ लाख र सर्सत अनुदान तर्फ २० करोड ३५ लाख छुट्टाएको थियो । गाउँपालिकाले पुसको छानो रहित गाउँपालिका बनाउँनको लागि ४५ लाख बजेटसमेत छुट्टाएको छ । तर गाउँसभाको बैठक बस्न नसक्दा बजेट पारित हुन सकेको छैन । वडा अध्यक्षले २ करोड बजेट वडामा खर्च गर्न पाउँनु पर्ने माग गरेपछि गाउँसभाको बैठक बस्न नसकेको श्रोतले जानकारी दिएको छ । यसको बारेमा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटसँग बुझ्दा केही दिनमा बैठक बसेर समस्याको हल गर्ने र बजेट पारित गरिने जाकारी दिनुभयो । गाउँपालिकामा ठुलो समस्या नरहेको उँहाले बताउँदै बहुमत सदस्यको उपस्थितीमा गाउँसभाबाट नै बजेट पारित हुने दाबी गर्नुभयो ।