गौतम बुद्धको मुर्ती तोडफाड गर्नेलाई तत्काल कारबाही गर्न नेपाली कांग्रेस तिलोत्तमा नगरसमितीको आग्रह

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु तोडफोड भएको घटना प्रति नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले सत्य तथ्य छनबिनको माग गर्दै दोषी उपरलाई कडा कारबाही गर्न आग्रह गरेको छ ।
तिलोत्तमाका नगरसभापती हरिलाल पाण्डे द्वारा हस्ताक्षरित बिज्ञप्तीमा समाजमा यस्ता अराजक घटना घटाऊने , सार्वजनिक सम्पतिको रक्षाको साट्टो बिनाश गर्ने जोकोही लाई प्रहरी प्रशासनले तत्काल कटघरामा ल्याई हदै सम्मको कारबाहीको माग राखेको छ ।
हेर्नुहोस् बिज्ञप्ती