तरुण दल नेपाल अमेरिकाले न्युर्योकमा कार्यक्रम गर्ने

प्रकाशित मिति:

अमेरीका । तरुण दल नेपाल अमेरिका शाखाले नेपाल भित्रको विकसित परिस्थिति र राजनीतिक घटनाक्रममा केन्द्रित भएर न्यूयोर्कमा कार्यक्रम गर्ने जनाएको छ । अमेरिका भ्रमणमा रहेका तरुण दल नेपालका सभापति जीतजंग बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको अमेरिका शाखा उपाध्यक्ष अनन्त सुबेदीले सार्वजनिक गरेका छन् । कार्यक्रममा सरकाले अगाडि बढाएका विधेक, चौतर्फी विरोध पछि फिर्ता लिएको निर्णय, जनप्रतिरोधको सामना गरिरहेका कतिपय सरकारी निर्णयहरू, गैर अवासिय नेपालीका लागि दिने भनिएको दोहोरो नागरिकता, प्रवासी नेपालीहरूबाट देश भित्रको विकास परियोजनाहरूमा गर्न सक्ने लगानी लगायतका विषयमा कार्यक्रममा वक्ताहरूले आफ्नो धारणा राख्ने छन् । कार्यक्रम न्यु योर्क स्थित ज्याक्सन हाइटमा रहेको मुस्ताङ थकाली किचनमा जुलाई १९ तारिख साँझ ७ बजे गर्ने तालिका आयोजकहरूले सार्वजनिक गरिसकेका छन् ।