पाल्पाको झिंगामारा जाने सडकको स्थानिय द्धारानै मर्मत तथा सफाई शुरु गरे

२ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
27 Shares


पाल्पा – गत आर्थिक वर्षमा प्रदेश सरकारबाट रानीबगीया झिगामारा मोटरबाटोका लागि ४० लाख रुपैया विनियोजन गरिएको भएपनि विभिन्न कारण देखाउँदै २० लाख रुपैयाँको मात्रै टेन्डर गरी मर्मतको गरिएको उक्त सडक एक हप्ता देखि लगातार रुपमा आएको वर्षाका कारण बाटो हिलाम्य र ठाउँ–ठाउँमा पहिरो झरेपछि पाल्पाको तिनाउ गाउँपालिका–वडा नम्बर १ का स्थानियहरु बाटो सफाइमा जुटेका छन् । महेन्द्र राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरापालिका–१ रानीबगीयादेखि ९ किलोमिटर उत्तरमा पर्ने झिगामारा तथा सो ठाउँबाट ठुली उदाङ जोड्ने ६ किलोमिटर कच्ची सडकमा पहिरोका कारण बाटो अवरुद्ध भए पछि स्थानीयहरुले जनश्रमदान तथा आर्थिक संकलन गरी मोटरबाटो सफाइमा लागेका हुन् ।

जनश्रमदान तथा स्थानिय बासिन्दाहरुबाट उठाइएको २ लाख बढी आर्थिक रकमबाट बाटो सफाइको काम गरिएको हो । पैदल हिड्न समेत समस्या हुने गरी बाटो हिलाम्य भएको तथा २ दर्जनबढी ठाउँमा पहिरोले बाटो पुरीएपछि स्थानियकै सक्रियतामा बाटो सफाई गर्न लागिएको वडा नम्बर १ का सदस्य अम्मर बहादुर तरामुले बताए । मोटरबाटो खोलिएको २० वर्ष पुगिसक्दा पनि ग्राभेलसम्म हुन नसक्दा वर्षेनी यहाँका जनाताले सास्ती खेप्नुपरेको उनले बताए । हिउँदको समयमा धुलाम्य र बर्खाको समयमा पहिरो खस्ने तथा बाटो हिलाम्यहुँदा २ सय बढी घर परिवार प्रभावित हुने गरेका छन् ।

गत आर्थिक वर्षमा प्रदेश सरकारबाट रानीबगीया झिगामारा मोटरबाटोका लागि ४० लाख रुपैया विनियोजन गरिएको भएपनि विभिन्न कारण देखाउँदै २० लाख रुपैयाँको मात्रै टेन्डर आह्वान गरी मर्मतको काम गरिएको थियो । ठेकेदारद्वारा मर्मतको काम गरिएको भएपनि सरकारी निकायबाट प्रभावकारी अनुगमन नहुँदा काम गुणस्तरिय नभएको स्थानियहरु बताउँछन् । बाटो मर्मतको काम गुणस्तरीय नहुँदा विगतका वर्षहरुमा भन्दा यो वर्ष बढी पहिरो खस्ने तथा बाटो हिलाम्य भएको उनीहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया