मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

प्रकाशित मिति:

काठमाडौं, २ साउन – नेपालको राजधानीमा  काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो,  हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ । व्यवसायीक यात्रुहरु र फुर्सदीलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन् जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन ।  होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्ग ५०० केजीको पुँजा गर्दा प्रयोग गरिने घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटेन्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ । २१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचीलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्दछ ।

काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भन्नुभयो, काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।  अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ । एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको छ । रक्सी एक म्यूजिक बार हो जसले स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र जाज् म्यूजिक सेसन पनि आयोजना गर्दछ । बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउसको कफि ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफि आधारित पेय पदार्थ पेश गर्दछ ।
७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल हो । एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४सौं घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान हो । स्वास्थ्य र सर्वाङ्गीण वेल–विगंसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिट्मेन्ट कोठाहरु रहेका छन् जसमा दिमाख र शरिरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर रहेका छन् । यात्रीहरुले होटलबाट केहि पैदलको दुरिमा रहेका एतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्व शाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन्, पुन कफि खान, दरबारमार्गको गल्लीमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन् । यस बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरिमा रहेको छ ।

मेरिएट होटलस्को बारेमा  ६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढि होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पीढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोबल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश रहेको छ । यसको बारेमा थप जानकारीका लागि WWW.MarriottHotels.com  मा भिजिट गर्न सक्नुहुन्छ । साथै फेसबुकमा, ट्वीटरमा @marriott तथा इन्स्टाग्राममा @marriotthotels मार्फत मेरिएटसँग जोडिन सक्नुहुन्छ । मेरिएट रिवार्ड, The Ritz- Carlton Rewards®, and Starwood Preferred Guest® (SPG)लाई हटाएर नयाँ मेरिएट ट्राभल प्रोग्राम मेरिएट बोनभोमा सहभागीता हुन पाउँदा मेरिएट होटल निकै प्रसन्न छ । यस प्रोग्रामले सदस्यहरुलाई ग्लोबल ब्राण्डको पोर्टफोलियो बनाएर मेरिएट बोनभो क्षण अनुभव गर्न साथ अन्य लाभहरु जस्तै पोइन्टहरु कमाएर निशुल्क होटल बस्नका साथै धनीहरुको स्तर प्राप्त गर्ने रात बिताउन सक्नेछन् । यसमा समावेश हुन वा यस कार्यक्रमको बारेमा थप जानकारीका लागि  MarriottBonvoy.marriott.com  जानुहोस् ।

मेरिएट इन्टरनेशनलका बारेमा  मेरिएट इन्टरनेशनल Inc. (NASDAQ: MAR) बेथिस्डा, म्यारिल्याण्ड, अमेरिकामा स्थीत छ र यसको पोर्टफोलियोमा १३१ वटा देश र भूभागका ३० वटा प्रमुख होटल ब्राण्डमा ७ हजार भन्दा बढि प्रोपटी रहेको छ । मेरिएट विश्वभरमा फ्रयान्चाईज होटल तथा लाइसेन्स भ्याकेसन स्वामित्वका रिर्जोटहरु संचालन गर्दछ । कम्पनीले हाल ःMarriott Rewards®, The Ritz-Carlton Rewards®, and Starwood Preferred Guest®(SPG) लाई हटाएर मेरिएट बोनभो ट्राभल कार्यक्रम प्रदान गर्दछ । थप जानकारीका लागिwww.marriott.com र ताजा खबरका लागि www.marriottnewscenter.com जानुहोस् । तपाईं फेसबुक, इन्स्टाग्राम र ट्वीटर @MarriottIntl मार्फत पनि हामीसँग जोडिन सक्नुहुन्छ ।