लण्डनमा गुडुने ६० बसमा नेपाल प्रवर्द्धन

३ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं । बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु भएको छ । त्यसक्रममा करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ । पोस्टर अंकित बसहरु बेलायतको पार्लामेण्ट स्क्वायर, वेस्टमिस्टर, ट्राफल्गर स्वायर, केन्सिन्ग्टन हाइ स्ट्रीट, अक्सफोर्ड स्ट्रीटलगायत विभिन्न १८ रुटमा गुड्ने गरेका छन् । करिब ३ सातासम्म यो अभियान जारी रहने बोर्डले उल्लेख गरेको छ । यस अवधिमा करिब ४५ लाख विदेशीबीच नेपालको प्रचार हुने अपेक्षा बोर्डको छ । नेपाल भ्रमणमा आउने यूरोपेली पर्यटकमध्ये सबैभन्दा धेरै बेलायती छन् । सन् २०१९ को ६ महिना अवधिमा बेलायतबाट २८९५१ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा