कपिलवस्तु हाजीहरुलाई अल बर्कात एजुकेशनल वेलफेयर सोसाईटी द्धरा बिदाई

प्रकाशित मिति:

इमरान खान  -कपिलवस्तु ३ साउन । यसपालि नेपालबाट कुल १२०० हजकोटा माध्य थप ३०० गरी जम्मा १५०० हजयात्रीहरु हज गर्न साउदीको मक्का मदिना जानेछन । कपिलवस्तुबाट टोटल कोटा १२०० माध्य २२२ जना हजयात्री आजा हज गर्न साउदीको मक्का मदिना जानाका लागी काठमाडौ प्रस्थान गर्दै छन ।

उक्त २२२ जना हजयात्रीहरु माध्य १०१ जनाको यहि साउन ५ गते हज गर्न साउदीको मक्का मदिनाका लागी प्रस्थान गर्ने तथा बाकी १२१ जना हाजीहरुलाई यहि साउन को ६ गते सउदीको मक्का मदिनाका लागी प्रस्थान गर्ने हज समितिले जानकारी गराएको छ । थप गरीएको ३०० हजकोटा माध्य कपिलवस्तु जिल्लाका हाजीहरु पनि रहेका छन तर त्यसका अधिकारीक बिबरण आउन बाकी रहेको हज समितिले जानकारी गराएको छ । कपिलवस्तु जिल्लाबाट हज गर्न जाने हाजीहरुलाई अल बर्कात एजुकेशनल वेलफेयर सोसाईटीका केन्द्रिय अध्यक्ष अहमद हुसेन रजवी, केन्द्रिय महासचिव मौलाना नुर मोहम्मद, कन्फीडेन्स नेपाल लगायत बिभिन्न संघ संस्थाका अगुवाहरु तथा समाजवादी मुस्लिम युवा नेता अकरम पठान, अकिल मिया लगायत स्थानीयबासीहरुले आज कपिलवस्तुबाट हाजीहरुलाई बिदाई तथा शुभकामना अदानप्रदान गरेका छन ।