निशा भण्डारी कावासोती ३ साउन। नवलपुरमा सर्पको टोकाईबाट ६८ बर्षीय एक बृद्धाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१७ स्थित गोछडाटार घर भएका बुद्धिबहादुर थापाको सर्पको टोकाईबाट मृत्यु भएको हो । थापाको उपचारको क्रममा कालीगण्डकी अस्पतालमा निधन भएकोे हो । कालीगण्डकी अस्पतालका डा. छविलाल थापाका अनुसार उपचारका लागी ढिलो अस्पताल ल्याउदा मुत्यु भएको बताउनु भयो। डा.थापाले जानकारी दिए अनुसार थापाको दाईने खुटट्मा गोमन सर्पले टोकेको र सर्पले टोकेको परिवारमा ढिलो जानकारी गराउदा आज बिहान उपचारका क्रममा ७ :३० बजे मुत्यु भएको हो ।