बुद्ध एयरको विशेष योजनाः मोबाइल एप र वेवसाइटबाट टिकट खरिद गर्दा भारी छुट

३ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
24 Shares


बुद्ध एयरलाइन्सले सञ्चालन गरेको मोबाइल एप र वेवसाईट www.buddhaair बाट टिकट खरिदमा विशेष छुट दिइरहेको छ । यो छुट बुध्दका राष्ट्रिय उडानहरुमा मात्र प्राप्त गर्न सकिन्छ । बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा प्रदान गर्दै आइरहेको छ । यो मोबाइल एपमार्फत घरमै बसेर केही क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिन्छ ।मोबाइल एपमार्फत यात्रुले सजिलै आफ्नो वा आफन्तको उडानबारे सजिलै जानकारी लिनसक्छन् ।

मोवाइल एपबाट भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी लिन सकिन्छ । एयरलाईन्स वा ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै हेर्न सकिन्छ ।एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ । नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको कम्पनीले बताएको छ ।बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धस“ग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् । कम्पनीस“ग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।भारतको बनारसमा उडान भर्दै आएको बुद्ध एयरले एटीआर ७२–५०० बाट कोलकोता उडान पनि पनि गरिरहेको छ । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, तुम्लिङटार, सिमरा, सुर्खेतमा उडान भर्दै आएको छ ।त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट – एक्स्पेरियन्स अन्नपूर्ण-को उडान पनि गर्दै आएको छ । बुद्धले हरेक दिन ५ दर्जन वटा जति उडान भर्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…