अशोक लेलैन्ड खरिद गर्न कामनाबाट ७५ प्रतिशतसम्म कर्जा पाइने

प्रकाशित मिति:

काठमाडौं – आइएमई मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । कम्पनी र बैंकबीच अशोक लेलैण्ड खरिद गर्न इच्छुक ग्राहकले आइएमई मोटर्सबाट सिफारिस अनुसार बैंकबाट सहज रुपमा ७५ प्रतिशतसम्मको कर्जा सुविधा पाउने भएका छन् ।

सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरे । यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीले जनाएका छन् ।