बुटवलमा काठमाडौँ हेल्थ केयरको शुभारम्भ हुदैँ

प्रकाशित मिति:

बसन्त आचार्य –प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलको मैत्रीपथमा  शनिवारबाट काठमाडौँ हेल्थ केयरहको शुभारम्भ हुने भएको छ । हेल्थ केयरको भोली एक कार्यक्रमका बीच प्रदेश नं.५ का सांसद चेतनारायण आचार्य र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेबी आचार्यले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

शुभारम्भको अबसरमा  शनिबार निःशुल्क सुगर परिक्षण ,थाइराइड परीक्षण, एक्सरे तथा भिडियो एक्सरे लगायत सम्पूर्ण उपचारमा छुटको ब्यवस्था मिलाएको काठमाडौँ हेल्थ केयरका अध्यक्ष कुलचन्द्र पाण्डेले बताउनु भयो । बाथरोग,छाला रोग, जनरल तथा ल्याप्रोष्टकोपी सर्जन, रेडियोलोजिष्ट,न्यूरो सर्जन, स्त्री तथा प्रस्तुती रोग, हाडजोर्नी तथा नशा रोग ,जर्नल फिजिसियन सेबा उपलब्ध रहेको हेल्थ केहरका अध्यक्ष पाण्डेले बताउनु भयो । अबबाट प्रत्येक महिनाको दोस्रो शनिवार काठमाडौँको र्नभिक अस्पतालका मुटु रोग बिशेषज्ञ डा. शङ्खरराज भन्डारी, तेस्रो शनिवार काठमाडौँको र्नभिक र अल्का अस्पतालका बाथरोग बिशेषज्ञ डा. अरुन कुमार गुप्ता र तेस्रो शनिवार हिमाल हस्पीटल काठमाडौँका सुगर तथा थाइराइड बिशेषज्ञ डा. मधु पाण्डे आउने समेत अध्यक्ष पाण्डेले बताउनु भयो ।