व्यावसायिक पत्रकारितामा औपचारिक अध्ययनको आवश्यकतामा जोड

प्रकाशित मिति:

काठमाण्डौ– व्यावसायिक पत्रकारिताको लागि अनिवार्य पत्रकारिता अध्ययन जरुरी रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । शुक्रवार सेफर्ड कलेजले काठमाण्डौमा आयोजना गरेको मिडिया शिक्षाको अवस्था विषयक अन्तर क्रिया कार्यक्रममाउक्त कुरा वताएका हुन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेशराज आर्चायले नेपालमा मिडिया पढ्नुपर्ने बिषय हो की हैन भन्ने कुराको बहस अहिले पनि चलिरहेको भन्दै पत्रकारिता पढेर हैन परेर गर्ने कुरा हो भन्ने बुझाई भएको कारण यसको महत्व कम देखिएको तर बिस्तारै सबै क्षेत्रमा यसको आवश्यकता महसुस हुन लागेकोमा जोड दिए ।

उनले कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठ भूमीका कर्मचारीको आवश्यकता देखिने गरे पनि लोक सेवाका विज्ञापनहरुमा प्राथमिकता नदिएकोले त्यस तर्फ सम्बन्धित पक्षको ध्यान पुराउन जरुरी रहेको बताए । महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई नै गलत भएको भन्दै आम संचार अध्ययनले अन्य क्षेत्रहरुमा समेत सहयोग पुग्ने कुरामा जोड दिए । कार्यक्रममा पत्रकार जगत नेपालले पत्रकारिताको अध्ययन गर्नेहरु पत्रकारिता लाई व्यावसायिक बनाएका र नबनाएकाहरुको फरकको कारणले पनि व्यवस्थित हुन नसकेको र पत्रकारको सामाजिक सुरक्षाको अवस्था पनि कमजोर भएको कारण पत्रकारिता शिक्षा र शिक्षा पश्चात व्यावसायिक पत्रकारितामा आर्कषण कम भएको बताए ।कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार विजय पौडेल, अविरल थापा , भिम गौतम, जुनारवावु बस्नेत, रविन पोखरेल लगायतले पत्रकारिता शिक्षाको आवश्यकता र व्यावसायिक पत्रकारितामा यसको भूमिका र अवस्थाको बारेमा बिचार राखेका थिए ।