सिद्धार्थमा ईन्ट्रयाक्ट क्लव गठन   

४ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
20 Shares


सैनामैना ।  सैनामैना ८ रामापुरमा रहेको श्री सिद्धार्थ मेमोरियल एकेडेमी बोडिङ् स्कुलमा ईन्ट्रयाक्ट क्लव अफ सिद्धार्थ सैनामैना गठन गरिएको छ । शुक्रबार विद्यालयको सभाहलमा रोटरी क्लव सैनामैनाको स्पोन्सरमा सार्थक न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय ईन्ट्रयाक्ट समिती गठन गरिएको हो । जसको उपाध्यक्षमा समिक्षा कंडेल,सचिवमा विधान घिमीरे,कोषाध्यक्षमा अमिर कुमार सिंह रहनुभएको छ । यस्तै सदस्यहरुमा बर्षा न्यौपाने र विराज कार्की रहनुभएको छ । समितीले विद्यालयका शिक्षक विष्णु गौतमलाई ईन्ट्रयाक्ट क्लव अफ सिद्धार्थ सैनामैनाको शिक्षक संयोजक चयन गरेकोे छ ।  ईन्ट्रयाक्ट क्लव प्रतिष्ठित अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी ईन्टरनेशनलको जुनियर संगठन हो । जसमा १२ देखी १८ बर्ष सम्मका बालबालिका सदस्य रहने प्रावधान छ । क्लवका अध्यक्ष प्रेम कुमार शर्मा ( सागर ) ले सानैदेखी बालबालिकालाई समाज प्रति केही केही योगदान गनुपर्छ भन्ने उद्धेश्य स्वरुप सिद्धार्थमा ईन्ट्रयाक्ट गठन गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मिन प्रसाद पौडेलले सानैदेखी बालबालिकालाई सामाजिक उत्तरदायित्व बहन गराई असल नागरिक बन्नमा ईन्ट्रयाक्ट क्लवले ठुलो भुमिका खेल्ने बताउनुभयो । क्लवका संस्थापक अध्यक्ष समेत रहनुभएका पौडेलले नयाँ कार्यसमितीलाई बधाई सहित शुभकामना व्यक्त गर्नुभयो ।  विशिष्ठ अतिथी विद्यालयका प्रध्यानध्यापक भोजराज पौड्याले असहाय,अप्ठ्यारोमा परेकाहरुको सहयोगका लागि विद्यार्थीहरु क्रियासिल भएर समाजमा कार्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो । आजको समयमा बालबालिकालाई शिक्षा सँगै अन्य गतिविधीहरुमा पनि संलग्न गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष मान बहादुर महत,ईलेक्ट प्रेसिडेन्ट दुर्गा गौतम लगायतले बोल्दै रोटरी,रोट्रयाक्ट सँग समन्वय गरी कार्य गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफुहरु सदवै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । क्लवका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता तथा सचिव अशोक रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा रोटरीयन,रोट्रयाक्ट,विद्यालयका शिक्षक,विद्यार्थी लगायतको सहभागिता रहेको थियो । रोटरी क्लव अफ सैनामैनाको स्पोनसरमा रोट्रयाक्ट क्लव अफ सैनामैना यस अघि नै स्थापना भईसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?