नेपाल तरुण दल स्याङ्जाको नियमीत वैठक , संगठन सुदृढीकरणको बिषयमा छलफल

प्रकाशित मिति:

स्याङ्जा । नेपाल तरूण दल स्याङ्जा जिल्ला कार्यसमितिको नियमित बैठक आज स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । प्रदेशसभा सदस्य तथा नेपाल तरूण दल स्याङ्जा जिल्ला अध्यक्ष भागवत प्रकाश मल्लको अध्यक्षता तथा सचीव चन्द्र रानाको सन्चालनमा वसेको वैठकले काँग्रेसको संगठन सुदृढीकरणको बिषयमा गहन छलफल गरेको छ भने ३७ औ बीपी स्मृति दिवस साउन ६ गते भब्य रूपमा मनाउने निर्णय गरेको तरुण दलले जनाएको छ । वैकठमा क्षेत्रीय सभापती अर्जुन अर्याल ,प्रदेश सभाका प्रत्यासी महाधिवेशन प्रतिनीधी विष्णु पौडेल ,नेका जिल्ला सदस्य अर्जुन खनाल ,नेका क्षेत्रीय सदस्य दामोदर लम्साल ,वालीड नगर सचीव भुपराज वगाले , नेका क्षेत्रीय सचीव तथा तरुण दल क्षेत्रीय सभापती महेश भटराई ,तरुण दल कालीगण्डकी गाउंपालीका सभापती सुन्दर पाण्डेय ,दिपेन्द्र क्षेत्री, डन्डु पंगेनी ,विष्णु गैह्रे लगायतले संगठन मजवुत कसरी वनाउन सकीन्छ भन्ने विषयमा वोल्नु भएको थियो ।

थप समाचार