आलोपालोको सहमति पालना हुनैपर्छ : देवेन्द्र पौडेल

प्रकाशित मिति:

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता देवेन्द्र पौडेलले सरकार र पार्टी सञ्चालनको लागि दुई अध्यक्षवीच पांचबुदे सहमती भएको बताउनु भएको छ । लिखित रुपमा भएको पांचबुंदे सहमति पालना गरेर मात्र सरकार र पार्टी चलाउनु पर्ने उहाले बताउनु भयो । प्रचण्ड ओलीसहितको सहमतिकै आधारमा सरकार र पार्टीको गतिविधि अघि बढ्ने विषयमा कसैले पनि शंका उपशंका गर्न नहुने नेता सुनिलले बताउनु भयो ।

स्थायी समितिका सदस्यसमेत रहेका नेता पौडेलले दुई अध्यक्षवीच भएको लिखित पांचबुंदे सहमति नक्कली नभइ, सक्कली भएको बताउंदै नेता पौडेलले भन्नुभयो दुवै अध्यक्षको हस्ताक्षरसहितको लिखित सहमती नै सरकार र पार्टी सञ्चालनको प्रमुख आधार हो । यो सत्य र तथ्यलाई तोडमोड गर्ने सकिदैन । रिपोर्टर्स क्लवले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लिखित सहमति भएपनि अहिल्यै प्रधानमन्त्रीबाट ओलीलाई हटाउने वेला नभएको बताउनु भयो । लिखित सहमती अनुसार ढिलो चांडो भने फेरबदल हुने नेता पौडेलको भनाइ छ । सरकारलाई प्रभावकारी बनाउनका लागि मन्त्री मण्डल फेरवदल गर्न सकिने बताउंदै दुई तिहाइ सरकारको अर्को विकल्प नभएकाले प्रभावकारीका लागि सरकारको थपघट हुन सक्ने बताउनु भयो । सांसदसमेत रहेका नेता पौडेलले विद्येयक ल्याउंदै फिर्ता गर्दै गरेकाले सरकारको कमजोरी देखिएको बताउनु भयो ।

उहाले निर्मला हत्याकाण्ड, भ्रष्टाचार, महङी, शुसासन कायम गर्ने र सामाजिक उत्तरदायित्वको विषयमा सरकारको केही कमजोरी रहेको बताउनु भयो । सरकारको आलोचना मात्र गरेर नहुने र भएका कामहरुको सर्मथन पनि गर्नुपर्ने सांसद पौडेलको भनाइ छ । नीती, कार्यक्रम र वजेट कार्यान्वयनको पक्षमा सरकार रहेको उल्लेख गर्दै क्रमिक रुपले देशको विकासले गतिलिंदै गरेको बताउनु भयो । उहाले विप्लव नेतृत्वको नेकपालाई हतियारको गतिविधि रोकेर वार्तामा आउन आग्रह गर्नु भयो । विप्लव नेकपाको मुद्वा राजनीतिक मुद्वा भएको उल्लेख गर्दै सरकारले पार्टीलाई प्रतिबन्द नलगाई हतियारको गतिविधिलाई प्रतिबन्द लगाएको बताउनु भयो । डाक्टर बाबुराम भट्टराई नेतृत्वको पार्टीसंग आधारभूत एजेण्डा मिले हिजोसंगै भएजस्तै गरी भोलीका दिनमा पनि एकताका साथ एकै ठाउं हुन सकिने बताउनु भयो । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

थप समाचार