कालीगण्डकी गाउँपालिकाका युवाहरुको भेला काठमाडौमा सम्पन्न

प्रकाशित मिति:

काठमाडौं – कालीगण्डकी गाउपालीकाको हरेक क्षेत्र वाट विकास गर्ने उदेश्यका साथ कालीगण्डकी गाउपालिकाका युवाहरुको विशेष भेला काठमाडौमा युवराज पाण्डेयको अध्यक्षता र सुजन भट्टराईको सन्चालनमा सम्पन्न भएको छ । सो भेलामा काठमाडौंलाई कर्मथलो वनाएर वसोवास गर्दै आएका कालीगण्डकी गा.पा.मा घर भएका युवाहरूको उपस्थिती रहेको थियो । कालीगण्डकी गाउं पालीकाको विकासका लागी युवाहरु एक भएर जाने कार्यक्रमका सहभागीले वताएका थिए ।

भेलामा कार्यक्रमको अध्यक्षता गर्नु भएका युवराज पाण्डेले समग्र कालीगण्डकीको विकासका लागी युवाहरु राजनीती भन्दा माथी उठेर एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । भेलामा विभिन्न पेसा व्यवसाय गरेर काठमाडौको विभिन्न क्षेत्रमा रहनु भएका युवाहरुको उपस्थीती रहेको युवराज पाण्डेयले जानकारी दीनु भएको छ । सो भेलाले अनिश न्यौपानेको संयेजकत्वमा समीती पनी निमार्ण गरेको छ जसको सह संयोजकमा दिपक भट्टराई सदस्यहरुमा झमान सिंह राना , राम प्रसाद पान्डेय , विकास राना ,सुबास भट्टराई , शिशिर भट्टराई , भरत न्यौपाने ,प्रदीप भट्टराई , मोहन न्यौपाने ,अन्नत पाण्डे रहनु भएको छ ।