लोकसेवाको परिक्षाको बिरोधमा परिक्षा केन्द्रमा प्रदर्शन

४ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
119 Shares


बुटवल – नेपाल आदीबासी जनजाति महासंघले लोक सेवा अयोगले लिईरहेको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा बिरोध प्रर्दशन गरेको छ । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले आज बिहान बुटवलको सिद्धेश्वरी माबि परिक्षा केन्द्र अगाडी विरोध प्रदर्शन गरेको हो । परिक्षा अबधिभर प्रदर्शनकारीहरुले परिक्षा केन्द्र अगाडी बिरोध प्रदर्शन गरेका थिए।प्रदर्शनकारीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीत र लोकसेवा आयोग बिरुद्ध नाराबाजी गरेका थिए । आजै दिउसो १२ बजे हुने परिक्षामा पनि महासंघले अबरोध गर्ने तयारी गरेका छन ।
नेपाल आदीबासी जनजाति महासंघ प्रदेश नं ५ का सचिव तथा आरक्षण बचाउ आन्दोलनका संयोजक दिपक गुरुङ्गको संयोजकत्वमा सम्पन्न बिरोध प्रदर्शनमा नेपाल मगर संघ प्रदेश नं ५ का अध्यक्ष बिमल सारु, मोहमद अलिम, मनोज राना लगायतले बोल्दै लोक सेवा आयोगले लिएको परिक्षा खारेज गर्न माग गर्नु भएको थियो। आज बिहान भएको सहायक पाँचौ तहको परिक्षामा ६ हजार ८ सय ६७ जना परिक्षर्थी सहभागि रहेको र दिउसो १२ बजे हुने सहायक चौथो तहको परिक्षामा ८ हजार २ सय ३६ परिक्षार्थी सहभागि हुने लोकसेवा आयोग बुटवलका उपसचिव तथा प्रवक्ता एकनारायण शर्माले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया