सैनामैनामा प्राकृतिक चिकित्सा केन्द्र मंसिर महिना देखि संचालनमा आउने

प्रकाशित मिति:

नरेश चौधरी मुर्गिया प्राकृतीक चिकित्सा केन्द्र सैनामैना चारपालाको भवन निर्माणको आज एक कार्यक्रमका विच खर्चा विवरण सार्वजनिक गरिएको छ । भवन निर्माण समितिद्वारा आयोजित कार्यक्रममा तिन करोड उन्तीस लाख बाउन्न हजार तिन सय छयासठ्ठी रुपैया अन्ठानब्बे पैसा बराबरको खर्चा विवरण सर्वजननिक गरिएको हो ।

सोहि अवसरमा प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएका सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले चिकितसा केन्द्रको प्रदेश र स्थानीय सरकारले सहयोग गरिरहेको र अगामी दिनमा पनि भौतिक तथा अन्य निर्माणका पक्षलाई सकारात्मक तरिकाले यस चिकित्स केन्द्रको विकासका लागि गुरुयोजनाका साथ आर्थिक रुपले सहयोग गरिने कुरा बताउनु भयो । केन्द्रिय सरकार संग पनि यसविषयमा सहयोगका लागि आफुले पहल गर्ने कुरा बताउदै नगरपालिकाको साथ सहयोग रहने कुराको प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

नेपाली कांगेसका जिल्ला उपासभापति तथा चिकित्स केन्द्रका आर्थिक सल्लाहकार फणिन्द्र प्रसाद शर्माले यस चिकिस केन्द्र संचालनमा आएपछि देश कै गौराबको रुपमा परिचित हुने र सैनामैनाको प्रतिष्ठाबढ्ने कुरा बताउनु भयो । यस चिकिसा केन्द्रको निर्माण तथा संचालनका लागि गुरुयोजना बनाएर अगाडि बढ्नु पर्ने कुरा सुझब दिदैे यस पबित्र काममा सवै तनमन धनले सहयोग गर्नु पर्ने शर्माले अग्रह गर्नु भयो ।

संस्थाका अध्यक्ष राम प्रसाद भट्राईले यस चिकित्स केन्द्रको संचालन यसै वर्ष मंसिर देखि संचालनमा ल्याउने कुरा बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष केयरसिंह गलामी, इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशव बस्नेत, सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री ,चिकित्सा केन्द्रका निर्माण उपासमितिका संंयोजक गोपाल खनाल, सहसचिब चिन्तमणी भुषाल लगायतले यस चिकित्स केन्द्रको महोत्को बारेमा आफ्नो धराण राख्नु भएको थियो ।

कार्यक्रममा निर्माण समितिका अध्यक्ष सुवेदार मेजार श्याम बहादुर थापाले निर्माण समितिको प्रतिवेदन, सावित्रा पौडेलले निर्माण समितिको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।