बिशेषज्ञहरुले नेतृत्व गरेको जिपि कोइराला फाउण्डेशन क्यानडा

प्रकाशित मिति:

कृष्ण के सी/अमेरिका  नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व गिरिजा प्रसाद कोइरालाको नाममा जिपि कोइराला फाउण्डेशन स्थापना गरिएको हो। प्रजातन्त्र, शान्ति र बिकास भन्ने मूलमन्त्र लिएर स्थापना भएको जिपि कोइराला फाउण्डेशनले नेपाल बाहिर पनि आफ्नो शाखा खोल्न शुर गरेको छ। यसै शिलशिलामा फेब्रवरी १ २०१९ मा क्यानडामा रहेका तुल्सी पौडेललाई संयोजक तोकेर जिपि कोइराला फाउण्डेशन क्यानडाको स्थापना गर्ने जिम्मेवारी दिएको थियो। जोसंग जे छ उसले त्यहि दिने हो। खुवी हुनेले खुवी नै दिन्छ। तुल्सी पौडेलसंग विद्वत्व छ, ज्ञान छ अनि उनले पनि जिपि कोइराला फाउण्डेशन क्यानडालाइ एउटा बिशेषज्ञहरुले नेतृत्व गरेको सँस्था हुने गरि गठन गरे। यति मात्र होइन यसका सल्लाहकारहरु पनि उत्तिकै सम्मानित र बौद्धिक व्यक्तिहरु छन्। प्राध्यापक, वैज्ञानिक, भौतिकशास्त्री, मेडिकल डाक्टर र क्यानडाका वकिलहरु समेत संलग्न सल्लाहकार समिति गठन गरेका छन् ।

आजकल कतिपय नेपालीहरुको संघ-संस्थामा राजनीति बाहेक केहि नजान्ने, गुट र उपगुटमा समाजमा बिखण्ड ल्याउनेहरुको बोलवाला छ। यसरी समाजमा अमर्यादित व्यक्तिहरुको हावी हुने गरेको प्रचलनमा पनि जिपि कोइराला फाउण्डेशन क्यानडा एउटा राम्रो उदाहरणको रुपमा सुरु भएको छ। जिपि कोइराला फाउण्डेशन क्यानडाका सल्लाहकार परिषद

(GPK Foundation Advisory Council Canada)

  • Prof Aditya Sharma
  • Binod Pageni, PhD
  • Dr Buddhi Sapkota
  • Dilli R. Paudyal, PhD
  • Mr Keshab Dahal, LLM
  • Mr Ramesh Karki, LLM
  • जिपि कोइराला फाउण्डेशन क्यानडाको कार्यसमिति (GPK Canada Executive Leadership Team)
    • President-Tulsi Paudel
    • Er. Gyan Gautam, Sr. Vice President, Outreach & Strategic Planning
    • Surya Poudel​​, Vice President-Government Relations & External Affairs
    • Niranjan Thapa​, Vice President-Internal Affairs & Advancement
    • Samrat Thapa​​, Vice President-Youth Initiatives
    • Bidhya Bhusan Karki​, General Secretary
    • Ujwal Gautam​ Secretary
    • Kedar P. Niraula ​Spokesperson
    • Ananta Acharya, ​Coordinator-AB
    • Arjun Lammichhane​, Coordinator-SK
    • Bijaya Bharati​​, Global Engagement
    • Dr. Bishnu Sharma​, New Initiatives
    • Dr. Himal Ghimire, ​Research & Development
    • Dr. Pashupati Paudel​, Coordinator-BC
    • Jeevan Baral​​, Special Events

    त्यसैगरी जिपि कोइराला फाउण्डेशन क्यानडाको कार्यसमिति, सानो छरितो र बिज्ञहरुको बनेको छ। पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालावारे यो टिमले थुप्रै अनुसन्धान, डकुमेण्टेशन, प्रिजेण्टेशन र प्रचार समेत गर्न सक्ने अपेक्षा गर्न सकिन्छ। यो टिममा प्राध्यापक, अनुसन्धानकर्ता, मेडिकल डाक्टर, कानुनबिद, बैज्ञानिक, तथ्यांकशास्त्री, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, एपिड़ेमियोलोजिस्ट, ब्यबसायी, पब्लिक हेल्थ एक्स्पर्ट, सामाजिक बिकास तथा ब्यबस्थापन गर्ने व्यक्तिहरुको प्रतिनिधित्व रहेको छ। उनीहरु समाजका प्रतिष्ठित व्यक्तिहरु हुन् र समाज र राष्ट्रले थुप्रै अपेक्षा गरेका व्यक्तिहरु देखिन्छन। फाउण्डेशनका अध्यक्ष तुल्सी पौडेल तीन-तीन बिषयमा मास्टर्स गरेका व्यक्ति हुन्। कतिलाई चासो हुन सक्छ त्यसैले यहाँ पौडेलबारे केहि जानकारी दिने प्रयास गरेको छु।

    पौडेल क्यानडाको अल्बर्टास्थित एक प्रतिष्ठित सरकारी कलेजमा योजना, अनुसन्धान तथा विकास सम्बन्धी तथ्यांकशास्त्रीको रुपमा कार्यरत छन्। उनले अमेरिकाको New Mexico State University बाट तथ्याङ्कशास्त्रमा एमएस गरेका हुन्। यसपूर्व अमेरिकाकै Central Michigan University बाट म्याथम्याटिकल साईन्समा एमए गरेका थिए। उसो त पौडेलले नेपालको Tribhuvan University बाट एमएससी पनि गरेका छन्। स्कुल तथा युनिभर्सिटी अध्ययनको क्रममा विधार्थी राजनीतिमा होमिएका पौडेलले नेपालमा हुँदा काठमाण्डौमा REHDON College को स्थापना गरेका थिए। त्यसपूर्व Amrit Science Campus, NIST, CCRC कलेजहरुमा प्राध्यापन समेत गरेका थिए। तिनै तुल्सी पौडेल GPK Foundation Canada का संस्थापक अध्यक्ष भएका छन्। पौडेल नेपाली कांगेसको विदेशस्थित संस्था नेपाली जनसम्पर्क समिति क्यानाडा (Nepali Janasamparka Samiti Canada) का संस्थापक सभापति तथा हाल सल्लाहकार समेत रहेका छन्। यस्ता व्यक्तिहरुबाट संस्था र समाजले थुप्रै आशा गर्न सकिन्छ। उसै पनि नेपाली संस्थाका नेतृत्व लिने व्यक्तिहरु आफ्नो इमेल समेत लेख्न सक्दैनन्। कतिपयलाइ संस्थाको सदस्य बन्न नै आउंदैन तर चुनाबमा उम्मेदवार हुनुपर्छ। सबैकाम अरुले गरिदिनुपर्छ अनि भाषण गर्न भने अगाडि आउँछन। उनीहरुको भाषण भनेको बिना मियोको दाई जस्तै हुन्छ, कहिले मेरो दुइ शब्द यहिं टुङ्ग्याउछु भन्लान भनेर हाइ काट्दै कुर्नुपर्छ। तर पनि यो जिपि कोइराला फाउण्डेशन क्यानडाबाट थुप्रै आशा गर्न सकिन्छ।

    केन्द्र सँगको समन्वय तथा सहकार्यमा जिपि कोइराला फाउण्डेशन क्यानडाले गठन भएको केहि महिनामा नै नेपालमा एक विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ। मे २६, २०१९ मा नेपालमा हुने सम्मेलनमा नेपाल, अमेरिका, क्यानडा, जापान लगायत विश्वका थुप्रै बिज्ञहरुले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र, शान्ति र शिक्षा लगायत आर्थिक विकाशमा पुराउनुभएको योगदानको उच्च कदर गर्दै सोहि सम्बन्धि सूचना, अनुसन्धानबाट प्राप्त तथ्य र तथ्यांकहरु प्रस्तुत गर्ने छन् । यसका साथै राजनीति, समाज विकास लगायत बिषयमा स्व गिरिजा प्रसाद कोइरालाको योगदानलाई डकुमेण्टेशन गर्न पहल गर्नेछ। यसबाट भावी पिंडीले स्व गिरिजाप्रसाद कोइरालाबारे जानकारी पाउनेछन। यसका आधारमा अनुसन्धानकर्ता र सोधकर्ता बिधार्थीहरुले उनबारे थप अनुसन्धान गर्न सक्नेछन साथै विश्वका धेरै बिश्वबिधालयहरुमा स्व गिरिजाप्रसाद कोइरालाबारे जानकारी प्रदान गर्न सकिनेछ। यो कदम जिपि कोइराला फाउण्डेशन क्यानडा मात्र होइन सबैको लागि उत्कृष्ट नमुना हुन सक्छ। हलीउडखवर वाट साभार