अमेरिकाको सौन्दर्य प्रतियोगितामा सुदूरपश्चिमकी चेली

प्रकाशित मिति:

अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा बैतडीकी मिराकल चन्दले पनि प्रतिस्पर्धा गर्ने मौका पाएकी छिन्। अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन्। समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्दै आएकी छिन्। उनले भोट दिएर जिताउन सवै नेपालीलाई आग्रह पनि गरेकी छिन्।अनलाइन भोटिङमा एक जनाले एक दिनमा एक भोट मात्र गर्न पाइने नियम छ। आगामी जुलाइ २० सम्म प्रत्येक दिन एक भोट गर्न सकिने छ। मतदान जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए घोषणा जुलाई २१ का दिन हुने छ।