समाजवादीको माग : लोकसेवा विज्ञापन खारेज गर

प्रकाशित मिति:

बुटवल, ५ साउन । सत्तारुढ समाजवादी पार्टी नेपालको प्रदेश ५ समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ । आयोगको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको भन्दै खारेज गर्न माग गरेको हो । साथै पार्टीले आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति महासंघ र आरक्षण बचाऔं आन्दोलनले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन,जनयुद्ध,मधेश विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हक सम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गरेका छन् । ‘संविधानबाट प्राप्त समानुपातिक समावेशी जस्ता महत्वपुर्ण उपलब्धीका विरुद्ध लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशित गरेकाले असंवैधानिक विज्ञापनको घोर भत्र्सना गर्दछौं र उक्त विज्ञापनको विरुद्धमा भैरहेको आन्दोलनमा सहभागिताका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं’–विज्ञप्तिमा भनिएको छ ।