३ हजार दिराम तलब भएका नेपाली कामदारले युएईमा परिवार लैजान पाउने

५ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
136 Shares


काठमाडौं– वैदेशिक रोजगारीअन्तर्गत संयुक्त अरब ईमिरेट्स ९यूएई० गएका नेपालीसहित अन्य देशका आप्रावासी श्रमिकले कमाइको आधारमा परिवारका सदस्य लैजान पाउने भएको छन् । मासिक ४ हजार दिराम कमाउने विदेश श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम युएईको कानुन मन्त्रालय लागू गर्ने भएको छ कम्पनीले बसोबासको निस्शुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम तबल हुने कामदारले पनि परिवार लैजान पाउने व्यवस्था गरिएको छ ।

यसअघि मासिक ४ हजार ५ सय दिराम आम्दानी भएका विदेशी श्रमिकले मात्र परिवार लैजाने पाउने व्यवस्था थियो ।उक्त व्यवस्थाअनुसार यसअघि उच्च पद तथा आम्दानी भएका कामदारले मात्र परिवारका सदस्य आफूसँगै लैजान पाउँथे । नयाँ नियम लागू भएपछि पद आवश्यक नपर्ने, तर युएई सरकारले निधारण गरेको तलब सुविधा भने पाएको हुनुपर्ने भएको छ ।युएईमा काम गर्ने अप्रवासी कामदारले श्रीमान अथवा श्रीमती र १८ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउने छन् । यस्तै, यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति पनि लिन रोजगारदातालाई अपिल गरेको छ ।नयाँ नीतिले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न