कंगनाको नजरमा करिना एक सफल गृहमन्त्री

प्रकाशित मिति:

एजेन्सी –बलिउड नायिका कंगना रनौतलाई एक बहुआयामिक नायिकाको रुपमा लिइन्छ । हरेक फिल्ममा उनले गरेका फरक अभिनयले दर्शकको अत्यधिक मन जितेको छ ।जसको कारण पनि कंगनालाई बलिउडमा नायकको स्थान लिन सक्ने नायिकाको रुपमा लिइन्छ । कंगनाको यही हक्की स्वभाव बेलाबेला विवादमा आइरहन्छ फिल्म उद्योगमा धेरै जसोले उनलाई छुद्र बोली भएको नायिकाको रुपमा लिने गर्दछन् ।यीनै नायिका पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘जजमेन्टल है क्या’ को प्रचारप्रसारमा ब्यस्त छिन् ।

फिल्म प्रचारप्रसारको क्रममा उनी भर्खरै कपिलको रियालिटी शो द कपिलशर्मा शोमा पुगेकी छिन् । कार्यक्रममा उनले सहकर्मी कलाकार करिना कपुरको निकै तारिफ गरिन् ।उनलाई प्रश्न गरिएको थियो । यदि एकदिन तपाई प्रधानमन्त्री बन्नु भयो भने गृहमन्त्री कसलाई बनाउनु हुन्छ रु जवाफमा कंगनाले भनिन् ‘करिना कपुर ।’ उनले करिनालाई बनाउनु पर्ने कारण पेश गर्दै भनिन् ‘करिनाले यति राम्रोसंग आफ्नो घर, बच्चा र परिवार सम्हालेकी छिन् । साथै करिअरलाई पनि उत्तिकै शसक्त बनाएकी छिन् ।’ कंगनाको भनाई मान्ने हो भने बलिउडमा करिना जत्तिको पर्फेक्ट व्यक्ति अर्को छैन घर सम्हाल्नका लागि ।उनको यो भनाईले बलिउड इन्डस्ट्रीमा कंगनाको दुश्मन मात्र होइन दोस्ती पनि छ भन्ने बुझिन्छ ।