यो हप्ता भद्रगोल सार्बजनिक नहुनुको कारण यस्तो रहेछ

प्रकाशित मिति:

काठमाडौँ – पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर्न नपाँउदा निराश बनेका छन् । खास के कोरणले भद्रगोल आएन त रु भनेर हामीले कुमार कट्टेल ज्रिग्री संग सम्पर्क गरेका थियौ ।

उनका अनुसार आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो । अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने भन्दै दर्शकहरु सामु २ सय २० भाग लिएर छिटैनै आउने प्रतिकृया दिएका छन् । आफुहरुले दर्शकको छटपटी महशुष गरिरहेको भन्दै छिटैनै प्रकृया पुरा गरेर दर्शकलाई २ सय २० भाग पस्किन आतुर रहेको जिग्रीको प्रतिकृया छ । मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुविचमा हरेक आर्थिक बर्षको अन्त्य संगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै काँरण यो हप्ताको भद्रगोल प्रभावित भएको बुझिएको छ ।