दयाहाङको ‘भैरे’ युट्युबमा सार्बजनिक

प्रकाशित मिति:

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ युट्युब रिलिज गरिएको छ । हलमा खासै राम्रो दर्शक प्रतिक्रिया नपाएको यो फिल्मलाई म्युजिक नेपालको च्यानलमा ‘हिट सिनेमा’ भन्दै अपलोड गरिएको छ ।

फिल्म युट्युबमा नेपालको नम्बर १ ट्रेन्डिङमा परेको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो फिल्ममा प्रेमप्रसाद पौडेल, देभीमाया अधिकारी र सविता गुरुङको लगानी रहेको छ । दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, जयनन्द लामा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले सिनेमा घरमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । चलचित्रमा सूर्य थोकरको द्वन्द्व र बनिष शाहको सम्पादन छ ।