इण्डोनेसियाकी राजकुमारी भन्छिन्– मन्दिरमा प्रार्थना गर्दा जस्तो शान्ति अन्त मिल्दैन

५ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
141 Shares


एजेन्सी – इन्डोनेसियाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासीले मन्दिरमा प्राथना गर्दा सुख र शान्ति मिल्ने भन्दै बालीमा हिन्दू आश्रम बनाउने बताएकी छिन् । सन २०१७ मा हिन्दू धर्म ग्रहण गरेकी उनले हिन्दु मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने भएको हुँदा आफू पूजाआजामा तल्लिन रहँदै आएको बताएकी छिन् । उनी सन १९६१ मा इटालीको रोममा जन्मेकी हुन् ।

संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी थिइन् । इण्डोनेसियामा अल्पसंख्यक समूहले हिन्दूधर्म मान्दै आएका छन् । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले शुद्धीकरण विधि अपनाएर राजकुमारीलाई हिन्दू बनाएका थिए ।

त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ । इन्डोनेसिया मुस्लिम देश हो । जहाँका धेरै मानिस इस्लाम धर्म मान्छन् । तर त्यहाँकी राजकुमारी भने सनातन धर्म मान्दै आएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…