गुल्मेली जि.पी सुन्दासले भित्राए तिजमा रानी

प्रकाशित मिति:

बुटवल – नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिए संगै गुल्मेली गायक जिपी सुन्दासले २०७६ को तिजी कोसेली स्वरुप रानी बजारमा ल्याएका हुन । तिजका मौलिक पनका गीतलाई बजारमा ल्याउने हेतुले उक्त गीत बजारमा ल्याएको सबलपोस्टलाई जानकारी दिए । गुल्मीको धुर्कोटमा जन्मिएका जिपी सानै देखी लोकपारखी मनहरुको मनमनमा बस्न सफल भएका छन । उनी भन्छन – ‘यो गीत सबै आमाबुवा , दाजुभाई एबम दिदी बहिनिहरु नाच्न मिल्ने र मौलिक भाकालाई उजागर गरेका छौ ‘ ।

पछील्लो समयमा तिजका गीतमा बिकृती भित्रिए पनि हामी त्यो बिकृतीलाई टाढा राख्दै यो गीत बजारमा ल्याएका छौ ,सबैले हेहेर प्रतिकृया दिन समेत जिपीले अनुरोध गरेका छन । जिपी सुन्दास र जमुना पुन मगरले स्वर बद्द गरेको उक्त गीतमा शब्द र लय जिपी सुन्दासकै छ भने एरेन्ज हेमन्त शिशिर र मोडलिङ सुजता भट्ट , अर्जुन कुँवर र जिपी सुन्दासको रहेको छ उक्त गीतलाई आयुस डिजिटल प्रालीले बजारमा ल्याएको छ ।
हेर्नुहोस् भिडियो :-