अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, अब कम खर्च हुनेछ डाटा

५ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
26 Shares


भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको पि्रयिम सेवाका प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन् । कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै काम दिनेछ । किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन । भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ताले रोज्न सक्नेछन् । यसो गर्दा डाटा पनि कम खपत हुनेछ ।

यसरी गर्नेछ काम – जुनबेला युट्युब म्युजिक लञ्च भयो त्यहीँबेला देखि नै प्रयोगकर्ताहरुले यसमा भिडियो मात्र नभै अडियो मात्रै सुन्न पाउने फिचर थप गर्न माग गर्दै आएका थिए । प्रयोगकर्ताको यहीँ मागलाई ध्यानमा राख्दै युट्युबले यो फिचर ल्याएको हो । यो फिचर जारी भएसँगै अब म्युजिक प्लेयरमा माथिपट्ट िएक बटन उपलब्ध छ । त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ । यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ ।

५० लाख गीत म्याच गरियो युट्युबमा अनुसार उसले अहिलेसम्म आफ्नो आधिकारिक म्युजिक एपमा ५० लाख गीतलाई समायोजन गरिसकेको छ । आगामी दिनमा छिट्टै नै बढि भन्दा बढि गीतलाई यो नयाँ फिचरमा समायोजन गरिने उसले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस् नयाँ फिचर युट्युब पि्रमियम तथा युट्युब म्युजिकको पि्रमियम प्रयोगकर्ताले म्युजिक एपका लागि ल्याइएको यो नयाँ फिचर प्रयोग गर्न सक्नेछन् । केही समयमै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने युट्युबले जनाएको छ । यो फिचरको मज्जा लिनका लागि तपाइँको एन्ड्रोइड वा आइओएस डिभाइसमा युट्युब म्युजिक एपको लेटेस्ट भर्सन अपडेट हुनुपर्नेछ । – एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद