नेविसंघ नवलपुरको संगठन बिस्तार अभियान तिब्र,नेविसंघ नवलपुरको संगठन बिस्तार अभियान तिब्र, देवचुलीमा ६५ सदस्यीय पालिका समन्वय समिती गठन

प्रकाशित मिति:

सन्जय भट्टराई  ,नवलपुर – नेपाल विधार्थी संघ नवलपुरले संगठन बिस्तारको अभियानलाई तिब्र बनाएको छ । यसै बिच आज देवचुली नगरपालिकामा सम्पन्न नेविसंघ को भेलाले ६५ सदस्यीय पालिका समन्वय समिति गठन गरिएको छ । नेविसंघ नवलपुरका सभापति राजेश पौडेलको सभापतित्व एवं नेपाली काङ्ग्रेस देवचुली नगर सभापति तथा देवचुली नगरपालिका का प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेला बाट विशाल पौडेलको संयोजकत्वमा ६५ सदस्यीय देवचुली नगर स्तरीय पालिका समन्वय समिति गठन गरिएको नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले जानकारी दिएका छ्न ।

भेलाले कविता पौडेललाई सह संयोजक तथा नगरपालिका का सबै वडाबाट प्रतिनिधित्व हुने गरि समिति गठन गरिएको जिल्ला सभापति पौडेलले जानकारी दिए । भेलामा नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव एकदेव पौडेल , काङ्ग्रेस नेता उदय अधिकारी, नगर उपसभापति रबि सापकोटा, नगर सचीव नारायण पौडेल लगाएतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।नेविसंघ नवलपुरले जिल्लाका सबै स्थानीय तहमा समन्वय समिति गठन गरि संगठन र पार्टीलाई मजबुत अभियानमा लागेको र समन्वय समितिलाई सक्रिय बनाउदै विभिन्न कार्यक्रम लिएर जिल्लाका सबै पालिका, सबै शिक्षण संस्थाहरु मा जाने अभियानलाई अगाडी बढाईएको जिल्ला सभापति पौडेलले जानकारी दिएका छ्न ।