गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

प्रकाशित मिति:

मकवानपुर – मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। मनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।

शनिबार राति गाँजा बोकेको ५–६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरी हेडक्वाटर नक्सालले जारी गरेको समाचार बुलेटीनका अनुसार जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई तस्करको समुहमाथि फायरिङ सुरु गरेको थियो । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरी कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।

तर, दुवैतर्फ मानवीय क्षति भने भएन ।गोली हानाहापछि प्रहरीले मनहरी गाउँपालिका–९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको छ। उनको साथबाट कटुवा पेस्तोल एक नाल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी गाँजासहित पनि प्रहरीले बरामद गरेको छ। घटनास्थलबाट अन्य चारजना फरार भएका छन्।उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।