नायिका मन्जिता केसी को तिज कोसेली “तिजको आयो लहर” सार्बजनिक, छोटो समयमै दर्शकको माया

प्रकाशित मिति:

सुदिप गौतम- बुटवल / चर्चित मोडल मन्जिता केसी बिगत धेरै बर्ष देखि नेपाली म्युजिक भिडियो चलचित्र हरुमा कामगर्दै आईरहेकी एक प्रतिभासाली कलाकार हुन् । अरुको भिडियोमा काम गर्दै आईरहेकी उनि आफ्नै एल्बम पनि बजारमा ल्याउन थालेकी छन । अगिल्लो बर्ष पनि गायिका आईसा राणा को स्वरमा तिज गित बजारमा ल्याएकी थिइन् ।

सो गित पनि राम्रै बजारमा चलेको थियो । यसपालि पनि सोहि क्रमलाई निरन्तरता दिदै यस बर्ष चर्चित गायिका अन्जु पन्तको स्वरमा उनको दोश्रो एल्बम “तिजको आयो लहर” नामक गित सार्बजनिक गरेकी छन ।चर्चित गायक तथा संगीतकार सन्तोष केसी को सब्द संगीत अत्यन्तै मौलिक बनेको छ ।

सबलपोस्ट संग कुराकानी गर्दै नायिका केसी ले यस बर्ष पनि तिजको गित ल्याएको र दर्शकलाई भरपुर् नाच्न मिल्ने गितरहेको र यो तिजमा यहि गितमा छमछ्मी नाच्न आग्रह नायिका केसीले गरेकी छन । साथै उनले अब हरेक बर्ष एउटा आफ्नै गित सार्बजनिक गर्ने उनि बताउछिन । गायक सन्तोष केसी को युट्युब च्यानल देखि गित सार्बजनिक भएको हो । गितलाई एरेन्ज कमल सौरागले गरेका हुन्सौरब लामाको छायांकन सुप्रिम पराजुलीको सम्पादन अनि शिब बिकको निर्देशन रहेको छ । गितको सफलताको शुभकामना हेरौ सोहि गित गित हेर्न यो लिंक क्लिक गर्नुहोला

https://www.youtube.com/watch?time_continue=2&v=N5tX0YpoBRc