रुपन्देहीका उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेललाई बुझाए ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल – सामान ढुवानीमा भिसिटिएस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरुले आज मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन । रुपन्देहीका व्यवसायीक सस्थाहरुको समूह सञ्जाल रुपन्देहीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भेटगरी मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन ।

व्यवसायीक सस्थाहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष दिपक पौडेलले मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । व्यवसायीहरुको ११ बुदे ज्ञापन बुझ्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सुरक्षा कोष उद्योगिहरुको स्थायित्व र सुरक्षाका लागि तथा भिसिटिएस सिष्टम ढुवानीलाई व्यवस्थित गर्न ल्याइएको भएपनि स्वयं व्यवसायी नै बिरोधमा उत्रनु सान्र्दभिक नभएको बताए । उनले प्रदेश सरकारको अधिकार भित्रको बिषय नभएपनि व्यवसायीको व्यवहारीक समस्यालाई संघीय सरकार समक्ष पुर्याईदिने बताए ।