साझाले थप्यो सात केन्द्रीय सदस्य

प्रकाशित मिति:

काठमाडौ- साझा पार्टीले केन्द्रीय समितिमा सात सदस्य थप गरेको छ। पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। याँ थपिएका सदस्यमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा छन्। तुलाधर नेपाल जेसिसमा राष्ट्रिय अध्यक्ष बनेका तीन महिलामध्येकी एक हुन्।

लामा समाजसेवी हुन् भने कोइराला तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव। यस्तै शेरचन नेपाल जेसिसका पूर्व अध्यक्ष, थापा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक र अधिकारी समाजसेवी हुन्। बिकु लामा भने व्यवसायी तथा साहित्यकार हुन्। साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवालाई पनि पार्टी केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ। पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, ’विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपाली साझा पार्टी निर्माणमा संलग्न हुनुले आमनागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनस् पुष्टि गरेको छ।’