जेठी श्रीमतीले हालिन् छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्दा

प्रकाशित मिति:

काठमाडौं । घर झगडाको विवादले चर्चामा रहेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल विरुद्ध बहुविवाहको मुद्धा परेको छ । छविराज ओझाकी ५३ वर्षिया जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा दर्ता गराएकी हुन् । दुई सन्तानकी आमा हेमाले श्रीमान ओझा र सौता पोखरेलले बिरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् । अधिवत्ता स्वागत नेपाललाई लिएर हेमालले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।  उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।