१७ वर्षे युवकको कम्मरमा २ किलो सुन !

प्रकाशित मिति:

काठमाडौं – प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको दुई किलो पहेँलो धातु सुन भएको पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् ।
थानकोटका डीएसपी कुमारविक्रम थापाका अनुसार भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसमा चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए । कालो टेपले बेरेर सेतो पोलिथिनमा कपडाले कम्मरमा बाँधेर सुन लुकाइएको उनले बताए । थापाका अनुसार पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । – अनलाइनखबर