भीसीटीएस लागु हुन सक्दैन :नेता खाड

५ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
35 Shares


बुटवल –नेपाली कांग्रेस संदीय दलका सचेतक बालकृष्ण खांणले सरकारले विना तयारी भेहिकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम भिसिटिएस र सामाजिक सुरक्षा योजना ल्याएकाले कार्यान्वयन हुन नसक्ने बताएका छन् । सरोकारवाला उद्योगी व्यवसायीहरुसँग व्यापक छलफल नगरीकन उद्योगी व्यवसायीलाई नैं आतकिंत पार्ने गरि ल्याएकाले कार्यान्वयनमा जटिलता देखिएको उनले बताए ।

सामाजिक सुरक्षा कोष र भिसिटिएसबाट उत्पन्न समस्याका सम्बन्धमा नेपाली काग्रेस रुपन्देहीले स्थानीय व्यवसायीसंग गरेको अन्तरक्रियामा खांणले यस्तो महत्वपूर्ण विषय लागू गर्नुपुर्व सरकारले सरोकारवालासँग व्यापक छलफल गर्नु पर्नेमा छलफल र गृहकार्यविना ल्याइएकाले कार्यान्वयन हुन नसक्ने धारणा खांणले गरे । सरकारले ल्याएका योजनाबाट निम्तिने परिणाम र यसका दुश्परिणामबारे ठोस रुपमा जानकारी गराउन पनि उनले उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा सहभागि व्यवसायिक संघ सस्थाका अध्यक्ष तथा व्यवसायीहरुले सामाजिक सुरक्षा कोष र भिसिटिएस प्रणालीमा जादा बन्न लागेको औद्योगिक वातावरण समेत बिग्रन लागेका गुनासा गरेका छन् । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, पश्मिाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की लगायतले सामाजिक सुरक्षा योजना साना, घरेलु तथा मझौला उद्योगले लागू गर्न नसक्ने भएकाले यसलाई स्वेच्छिक बनाउन, कर तिरेको आधारमा उद्योगी व्यवसायीलाई पनि पेन्सनको व्यवस्था गर्न र प्रविधियुक्त बनाएपछि मात्र भिसिटिएस प्रणाली लागू गर्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या