मुख्यमन्त्री पोखरेललाई व्यवसायीको ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल –रुपन्देहीका उद्योगी व्यवसायीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु र ढुवानीका साधनमा भीसीटीएस तत्काल लागु नगर्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । रुपन्देहीका व्यसायीक सस्थाहरुको समूह सञ्जाल रुपन्देहीले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर मुख्यमन्त्री पोखरेललाई ११ बुदे ज्ञापनपत्र बुझाएका हुन् ।

व्यवसायीक सस्थाहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष दिपक पौडेलले ज्ञापन बुझाउंदै सामाजिक सुरक्षा कोषमा सरकारको योगदान नरहेको र भीसीटीएस अव्यवहारिक भएको भन्दै हाल कार्यान्वयनमा नल्याउन माग गरेका हुन् । ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पोखरेलले भने उद्योगीहरुको स्थायित्व र सुरक्षाका लागि सामाजिक सुरक्षा कोष तथा ढुवानीलाई व्यवस्थित गर्न भिसिटिएस सिष्टम ल्याइएको बताउंदै व्यवसायी बिरोधमा उत्रनु उचित नभएको बताए । उनले यो विषय प्रदेश सरकारको अधिकार क्षेत्रको बिषय नभएपनि व्यवसायीको व्यवहारीक समस्यालाई संघीय सरकार समक्ष पु¥याइदिने बताए ।