नेपालकै पहिलो बालमैत्री, स्थानिय तह घोषणा हुदै : सुनवल नगरपालिका

प्रकाशित मिति:

प्रकाश न्यौपाने  \नवलपरासी, भदौ । के तपाईले धुम्रपान, मध्यपान गर्नुहुन्छ । त्यो पनि घर तथा सार्वजानिक ठांउमा यदि यस्तो हो भने सचेत हुनुहोस् है । किनकी पछिल्लो समयमा नेपालका अधिकाश स्थानिय तहहरु बालमैत्री, महीला मैत्री, मात्र नभई वातावारण मैत्री समेत बन्ने तयारीमा छन् । र मैत्रीपुर्ण वातावरणका लागी आवस्यक पर्ने निती नियमहरु बनाउने तयारीमा समेत लागेका छन् । जसले गर्दा धुम्रपान र मध्यपान सार्वजानिक ठांउमा मात्र नभई घरमा बालबालिकाको नजिक बसेर समेत सेवन गर्न नपाईने निति नियमको तर्जुमा गरेका छन् । यस्तौ निति नियम र मापदण्डहरु पार गर्दै नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तहको रुपमा घोषणा आज हुदै छ ।
नलपरासीको सुनवल नगरपालिका बाल मैत्री स्थानिय शासनको सबै सुचकहरु पुरा गर्दै नेपालकै पहिलो बाल मैत्री स्थानिय तह घोषणा हुन भएको हो । वि.स. २०७२ जेष्ठ ३२ गते साविक सुनवल नगरपालिमा रहेको १० वटा वडामा बाल मैत्री स्थानिय शासनका सम्पुर्ण सुचक पुरा भइ नेपालको पहिलो बाल मैत्री नगरपालिकाको रुपमा घोषणा भईसकेको थियो ।
पछिल्लो समय मुलुक संघिय संरचनामा गई सकेपछि यस नगरपालिकामा थपिएको तिन वटा वडा समेतलाई आज बाल मैत्री वडा घोषणा गर्दै नेपालकै पहिलो बाल मैत्री स्थानिय तहको रुपमा स्थापित हुने भएको छ । गत शुक्रबार भुमहीमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख भिम बहादुर थापाले सुनवल नगरपालिकालाई आगामि दिनमा महिला मैत्रि, प्रविधि मैत्रि बनाउने कार्यमा नगरपालिका लागेको बताए ।

नगरमा कुल १६० वटा बाल क्लबहरु छन् भने १३ वटा वडा स्तरिय बालक्लब संजाल र १ नगर स्तरिय बाल क्लब संजाल छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि थप ३ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य लिएर अगाडी बढदै बालबालिकाहरु तथा विभिन्न सरोकारवालाहरु संग समन्वय सहकार्य गर्दै सम्पुर्ण सुचकहरु पुरा गर्न सफल भएको नगर उप प्रमुख दधिराम अर्यालले बताए ।

उप प्रमुख अर्यालका अनुसार नगरमा कुल ६८ हजार ८२ जन संख्या मध्ये २८ हजार २ सय ६० जना बालबालिका छन् । भदौ १ गते देखी लागु गरीएको मुलुकी ऐन अनुसार १८ बर्ष उमेर मुनीका व्यक्तिहरुलाई बालबालिकाहरुका मानिने र सो उमेर समुहका बालवालिकाहरुलाई बाल दुव्र्यहार, बाल श्रम, बाल विवाह, बालअधिकार हनन जस्ता घटनाहरुलार्ई रोकी बाल अधिकार, बाल वृद्धि–विकास, बाल सहभागिता र बाल संरक्षण गरिदै आफनो लक्ष्य पुरा गरिएको बताए ।

वालमैत्री नगरबन्दै गर्दा नगरमा रहेको बालबालिकाहरु पठन पाठन, प्रतिभा र खेलहरु समेतमा उत्कृष्ठ रहेको पाइएको छ । नगर बाल मैत्री नगर घोषणा पश्चात विभिन्न बालमैत्री रणनैतिक योजना बनाई लागु गरीने नगरका प्रवक्ता कृष्ण देवकोटाले बताए । जिल्लामा रहेको सात वटा स्थानिय तहहरु मध्ये बाल मैत्रीनगरको रुपमा सुनवल नगरपालिका भएको हो ।

मुख्यमन्त्री पोखरेल सुनवलमा
प्रदेश नम्वर पांचका मुख्यमन्त्री पोखरेल सुनवल नगरपालिकाको वार्ड १२ मा रहेको जगन्नाथ माविमा राखिएको बालमैत्रि नगर घोषण कार्यक्रमका लागी आउदै छन् । घोषणा समारोहमा पोख्रेलले नगरको वडा ११,१२ र १३ लाई घोषणा गर्दै नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा गर्ने कार्यक्रम सुनवल नगरपालिकाले जनाएको छ ।