निसीखोलामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण कार्य सम्पन्न

५ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
38 Shares


कौरव खत्री बाग्लुङ्ग बाग्लुङ्गको निसीखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।गाँउपालिकाको वडा नं. ५ मा विनियोजन गरिएको चार लाख रुपैयाँको वजेटले बडावनखोला,मसलगाउँ,सिनखुंखण्डको करिव दुई किलोमिटर गोरेटो बाटोको स्तरउन्नति गरिएको हो ।गोरेटो बाटोको स्तरउन्नतिसँगै मसलगाउँ सिनखुं क्षेत्रका करिव ७० घरधुरीका स्थानीयबासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको समाजसेवी हेम सापकोटाले जानकारी दिए ।

विगतमा पहिले भारी बोकेर तलमाथि गर्न तथा गाईबस्तुलाई आवात जावत गराउन निकै गाह्रो रहेकोमा गोरेटो बाटो निर्माण भएपछि स्थानीयबासिन्दाहरुलाई अहिले निकै आवत जावतमा सहजता थपेको छ ।साथै वडा समितिको निर्णय अनुसार मसलगाउँ क्षेत्रको बाटोको निकै समस्या देखेर केही काम सम्पन्न भएको हुदा वजेटको सिमितताले गर्दा बाँकी सिनखुं सम्मको गोरेटो बाटो पु¥याउनका लागि पर्ने निसीखोला गाँउपालिका ५ का वडाअध्यक्ष हर्कमान घर्ति मगरले बताए ।निर्माण कार्यमा बेरोजगार फर्म भरी नामलिष्टमा नाम प्रकाशित भएका वडा भित्रका १ सय,१३ जना बेरोजगार युवा युवती मध्येको सहभागितामा उक्त गोरेटो बाटो निर्माण कार्य गरिएको थियो ।उक्क्त गोरेटो १३ दिन लगाएर निर्माण गरिएको थियो भने उक्क्त कार्यक्रमको संयोजन गापा ५ का वडा प्रतिनिधि टंक प्रसाद पुन(तेजेन्द्र) ले गरेका थिए |

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या