आइ सी सी सदस्य सिम्खडा बाट आक्रमण प्रयास अध्यक्ष भट् लाई पत्राचार

प्रकाशित मिति:

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका उपमहासचिव बिनय अधिकारीले आफु माथि सार्वजनिक स्थलमा आक्रमणको प्रयास गरेको जनाउदै एनआरएनए आईसिसि सदस्य रामशरण सिंखडालाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।  एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टलाई औपचारिक पत्र लेख्दै आईसिसिमा मनोनित सदस्य सिंखडालाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका हुन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्र्यि पत्रकारिता पुरस्कारका पारदर्शीताका कुरा उठाउँदा सार्वजनिक स्थलमा आफूलाई नियोजित आक्रमण उपमहासचिव अधिकारीले बताएका हुन ।  आइतवार जारी विज्ञप्तीमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी मगर, प्रवासी नेपाली मंच यूके अध्यक्ष राजेन्द्र पुडासैनी र प्रेस यूनियन यूके अध्यक्ष विपिन निरौलालाई समेत बोधार्थ दिइएको छ ।
बिज्ञप्ती जस्ताको तस्तै