दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर ज्यान गयाे

प्रकाशित मिति:

दाङ-दाङको घोराही उपमहानगरको कुइने भन्ने ठाउँमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जनाको ज्यान गएको छ ।खेतमा रोपाइँ सकेर घर फर्कने क्रममा हालखुट्टा धुन गएका बेला डुबेर आइतबार बेलुकी अबेर ३ महिलाको ज्यान गएको वडा न १८ का अध्यक्ष भरत अर्यालले जानकारी दिनुभएको छ ।

खाल्डोमा शुरुमा एक जना महिलाको हातखुट्टा धुने बेला डुबेको र उनलाइ तान्नेबेला अन्य दुई महिलाको समेत ज्यान गएको थियो ।मृत्यु भएकोहरुलाइ घोराही ल्याइँदै छ । डुबेर मृत्यु हुनेमा अमृता बिक, झरना बिक र बसन्ता बिक रहेका वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।