अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ

प्रकाशित मिति:

काठमाडौँ –अवैध प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन लुकाइछिपाइ पोर्चुगल लैजान लागेको अवस्थामा एक विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोर्चुगल नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राहदानी नम्बर सीए ७०१२९३ वाहक २५ वर्षीय टिगो मेन्डिस परेरा रहेका छन् । परेराकाे साथबाट प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन ४ किलो २ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद भएको लागूऔषधको बजार मूल्य चार करोड रुपैयाँभन्दा बढि रहेको प्रहरीको दावी छ ।