आर्थिक समृृद्धिका लागी सहकारी वित्तीय साक्षरता

प्रकाशित मिति:

डिक बहादुर पाण्डे क्षेत्री \ नेपाल जस्तो मुलुकमा आर्थिक समृद्धिको प्रमुख साधन भनेको नै पैसा हो । यहां पैसालाई कारोवारको एउटा माध्यमको रुपमा प्रयोग गरीन्छ । पैस आर्थिक कारोवार गर्नका लागी बनाइएको हुन्छ । अर्थिक कारोवार सधै पारदर्शिता र सुशासन युक्त हुन जरुरी छ । यति मात्रै होइन कारोवार सु–व्यवस्थित र विश्वासिलो तवरको अगाडि बढ्नु पर्दछ । आर्थिक कारोवारसंग जोडिएका नगद तथा जिन्सीको आदान प्रदानलाई आवश्यकता अनुसार व्यवस्थित गर्दै सुरक्षित, भरपर्दो तथा लाभदायक बनाउने कला नै वित्तिय साक्षरता हो ।

वित्तिय साक्षरता विनाको ज्ञानले व्यक्तिदेखि संस्थासम्म खर्च वा लगानि गर्दा सङ्कट पर्न सक्छ । घाटा र सङ्कटका लागि कसैले पनि कारोवार गर्दैनन् तर परिस्थिति फरक पर्न जरुरी हुन्छ । वित्तीय ज्ञानको अभावमा प्रशस्त पैसा हुदां हुदै कुनैपनि व्यक्ति, संघ संस्था र सहकारीमा समस्या आउन सक्छ । तिनिहरुको अतित्व नै समाप्त समेत हुन सक्छ । नेपाल जस्तो विकासोन्मुख देशमा सहकारी संस्थाको वृद्धिले सामान्य जीवनयापन गरेर वचत गर्ने मानिसको जीवनस्तर जति राम्रो गर्दै गएको छ , त्यति नै समाज र व्यक्तिमा जोखिम पनि बढाउंदै गएको छ । कारोवार र व्यावसायको प्रकृति सहकारीको सन्र्दभमा फरक र निश्चित मापदण्डमा रहेको पाइन्छ तर पहुँचका हिसाबले आम मानिसको जीवन चक्रमा समेत अत्यावास्क रहेको छ । जसलाई विभिन्न माध्यमबाट समाजका हरेक तह र तप्कामा वित्तीय साक्षरताको अभियानलाई अगाडि बढाउन सहकारीकै भूमिका रहनुपर्छ ।

वर्तमान परिप्रेक्ष्यमा नेपालको राजनीतिले एउटा मोड लिगेको छ, मैले यो लिखिरहदा मलाई पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भनेका केही कुराहरु याद आयो, उनिले धेरै पटक भनेका छन् नेपालको राजनितिक क्रान्तिको बाटो अव हामीले सकियो, अव नेपालले आर्थिक समृद्धिको बाटो समाउनु पर्छ । साच्चि भन्ने हो भने अव नेपालले भट्टराईले भने जस्तै गरी आर्थिक पक्षलाई निकै ध्यान दिनु पर्ने देखिन्छ । अहिलेको आर्थिक अवस्थाबाट अगाडि बढ्दै जांदा आर्थिक समृद्धिलाई अबको देश विकासको रणनीतिको रुपमा लिन थालिएको छ । जथाभावि छरिएर रहेको पूजिंलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्रको मुलखम्बाको रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो । नेपालको वित्तीय प्रणालिमा बैङ्किङ, बीमा, पूजिंवजार ,गैर बैङ्किङ वित्तीय क्षेत्र र सहकारीक्षेत्रहरु रहेका छन् । वित्तीय प्रणालीलाई औपचारीक दायरामा ल्याउनका लागि आम नागरिमा वित्तीय साक्षरता सचेतनामा अभिवृद्धि नभएसम्म आर्थिक समृद्धिको रणनैतिक उद्धेश्यलाई पूरा गर्न सकिदैंन ।

वित्तीय साक्षरताको अभियानमा हामी सहकारीकर्मीले आम्दानि, खर्च र वचतलाई आधारभूत पक्षबाटै ज्ञान सिकाउनु जरुरी रहेको छ । जसका लागि सहकारीले विभिन्न चरणमा, विभिन्न तहमा वचत तथा ऋणलाई संगै लैजाने सचेतना बढाउनु आजको आवश्यकता हो । आम्दानि ,वचत , लगानि तथा ऋणको उपयुक्त ज्ञान दिन सकिएमा व्यक्ति, समाज तथा देशको विकासको यात्रामा अग्रसर बनाउन सकिन्छ ।
प्रायः मानिसले प्रशस्त रकम आयआर्जन गर्न नसकेकाले वचत गर्न नसकेको वास्तविकता छ, तर आएको आम्दानिको केही हिस्सालाई केही समयको लागि भएपनि वचत गर्न सकिएमा भविष्यमा आइपर्ने आर्थिक सङ्कटलाई पूरा गर्न सकिन्छ । वचत गरेको पैसाबाट निश्चित प्रतिशत व्याज आउँछ साथै संकलित पैसालाई उपयुक्त क्षेत्रमा शेयर वजार वा लगानिको रुपमा परिचालन गर्न पनि वित्तीय साक्षरताले सहयोग पु¥याउन सक्छ । फलस्वरुप वित्तिय साक्षरताको समेत उपलब्धि हासिल गर्न सकिन्छ ।
(अध्यक्ष, जनकल्याण साकोसका अध्यक्ष हुन ।)