ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी

प्रकाशित मिति:

काठमाडौँ –सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ। यसका लागि राहदानी विभागले अन्तर्राष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरेको छ।मेसिन रिडेबल पासपोर्ट एमआरपीभन्दा दोब्बर बढी खर्च लाग्ने अनुमान छ। अहिले प्रतिपासपोर्ट ५६० रुपैयाँ लागत छ। यो लागतअन्तर्गत १० नियोग र विभागमा लाइभ इनरोलमेन्ट व्यक्ति आफैं उपस्थित भएर इलेक्ट्रोनिक विवरण दिने पनि छ।

कर्मचारी र कुरिअरको लागत भने जोडिएको हुँदैन। लाइभ इनरोलमेन्टमा जानुको मुख्य कारण पनि ई–पासपोर्ट थियो। यसको परीक्षण राम्रै भएकाले राहदानी विभाग र कन्सुलर विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई–पासपोर्ट जारी हुने गरी व्यवस्था मिलाइने विभागले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।