पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ समाजसेवी छन्त्याल

प्रकाशित मिति:

कौरव खत्री बाग्लुङ्ग बाग्लुङ्गको गलकोट नगरपालिका १० पान्डवखानी अनलाइन खबरको आयोजनामा सञ्चालन भइरहेको एक हप्ते आधारभूत पत्रकारिता तालिमको पाचौ दिन पनि विविध विषयमा तालिम दिएकोे थियो ।आइतवार पत्रकारिता तालिमको पाचौ दिनका अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथि बरिष्ठ समाजसेवी मानसिंह छन्त्यालले पत्रकारिता तालिम समय सान्र्दभिक भएको बताए ।

साथै समाजसेवी छन्त्यालले युवा पुस्ताहरुले यसको सिको गरेर बोल्ने र लेखन शैलीमा अगाडी बढ्न तालिमका सहभागिहरुलाई आग्रह गदै तालिमले धेरै अवसर जन्माउने र हरेक कुरालाई चासो दिएर पान्डवखानीको वृद्धि विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागिहरुलाई आग्रह गरे ।तालिमका अवसरमा गलकोट नगरपालिका १० का वडा सदस्य रामप्रसाद विक, पान्डवखानी अनलाइन खबरका सञ्चालक सुरेश छन्त्याल लगायतको विशेष उपस्थिति रहेको थियो । तालिममा पत्रकार तथा प्रशिक्षक कौरव खत्रीले समाचार लेखन,अन्तर्वार्ता,रिपोर्ट लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा २७ जना महिला पुरुष युवा युवतीहरुको सहभागिता रहेको थियो