बुद्धमूर्ति फाेर्नेलाई छिटाे कारबाही गर्न गोर्खाली युवा सशक्तीकरण संस्थाको आग्रह

प्रकाशित मिति:

बुटवल – सिद्धार्थ राजमार्गमा रहेका शान्तिका अग्रदुत भगवान गौतमबुद्धको मूर्ती ताेडफोड भएको घटनाप्रति गोर्खाली युवा सशक्तीकरण संस्थाले खेद प्रकट गरेकाे छ ।

तिलोत्तमा नगरपालिकामा रहेका अग्रदुत भगवान गौतम बुद्धको मुर्ति साउन १ गतेकाे राति ताेडफाेड भएकाे थियाे । घटनाप्रति घोर निन्दा तथा खेद प्रकट गर्दै संस्थाले इलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापनपत्र समेत बुझाउदै कारबाहिकाे माग गरेकाे छ ।

घटनाका दोषीहरुलाइ कामकारबाहीमा ल्याउन सम्बन्धित निकायलाई गोर्खाली युवा सशक्तीकरणले पनि साथ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकाे संस्थाका अध्यक्ष भरत पुरीले बताए ।
हेर्नुहोस् बिज्ञप्ती : –