‘सबै दलबीच मेलमिलाप आवश्यक’ – शंकर भण्डारी

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
35 Shares

File Image

दमौली – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो ।

जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताउनुभएको छ । नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताउनुभयो । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सिग्देलले राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उहाँको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहनुभएका बिपीको विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन