अमेरिकामा कांग्रेसकानेताहरु संग जिपिके फाउनडेसनको भेटघाट कार्यक्रम

प्रकाशित मिति:

अमेरिका । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले गत जुलाइ १४ का दिन आफ्नै कार्यालय न्युयोर्कमा नेपाली कांग्रेसका नेता, सांसद, नेका। बर्दीयाका सभापति तथा पुर्वमन्त्री सजंय गौतम, नेपाली काग्रेसका नेता, तथा पुर्व सांसद र पुर्व सचेतक डा शोभाकर पराजुली, नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटा, वरिष्ठ अधिभक्ता शैलेन्द्र दाहालहरुलाइ फाउण्डेशनले भेटघाट तथा स्वागत् कार्यक्रम आयोजना गरियो। अतिथिहरुलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाइ स्वागत तथा सम्मान गरेका थिए। साथै अतिथि गौतमलाइमायाको चिनो स्टेटु अफ लिबर्टीको ताम्रपत्र उपहार दिए। कार्यक्रमको शुरुवात कांग्रेसका नौ अग्रज(एतिहासिक नेताज्युहरु क्रमशः शुवर्ण शम्सेर, विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिहं,कृष्ण प्रसाद भट्टराइ, भिम बाहादुर तामाङ्ग, महेन्द्र नारायण निधी, गीरीजा प्रसाद केइराला, शैलजा आचार्य र सुशील कोइराला कातस्वीरहरु अनावरण गरि गरि अगाडी बढाईएको थियो।

प्रमुख अतिथि संजय गौतमले सबै कांग्रेसीहरु, देश या विदेश जहाँ रहे पनि, गिरीजा वावु कै मुलमन्त्र,स् सहकार्य, सहमति र एकता नैअङ्गीकार गरेर अघि बढन जोड दिनु भयो। साथै अब नेपाली कांग्रेस विधि विधान अनुसार अघि बढेमात्र पार्टीको भविष्य राम्रो हुन्छभन्नु भयो। पुर्व सांसद डा। पराजुलीले गीरीजावावुले राष्ट्रको हितको लागि निर्भीक र निडरताका साथ निर्णय गरेको इतीहास स्मरण गराउदै आज देशमा उहाँ जस्तो नेताको खाँचो छ भन्नु भयो। साथै नेता पराजुलीले फाउण्डेशन पुस्तकालयका लागी ४० थान किताव ूप्रजातान्त्रिकसमाजवादू उहाँ आफैले लेखेको पुस्तक र नेताज्युहरुको तस्वीर तथा वि।पी वावुले लेख्नु भएको इतिहासीक पुस्तकहरु उपहार प्रदानगर्नु भयो।

कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुस् कानुनी सल्लाहकार गीरीजा गौतम, ,कानुनविद तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन केन्द्रीय९नेपाल०का कानुनी सल्लाहकार शिखर पण्डित, बाबुकृष्ण सापकोटा, शैलेन्द्र दाहाल, कानुनविद, बाबुकृष्ण सापकोटा, सुर्य लम्साल,फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्य द्वोय श्याम कार्की, प्रेम पौडेल, बन्दना कोइराला, अधिकारकर्मी गुणराजप्याकुरेल, कोपिला देवकोटा, ने।वि। सघं अमेरिकारक्यानाडा का संस्थापक माहासचिव दोर्जे शेर्पा, बिक्रम सरोजा गौतमले आ-आफ्नोस्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। डाक्टर गोविन्द कोइरालाले गीरीजा वावुको सम्झनामा एक कविता वाचन गर्नु भयो।   अध्यक्ष सोमनाथ घिमीरेले नेपाल रविदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ र नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागिफाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। अन्त्यमा फाउण्डेशनका केन्द्रीय सदस्य बिष्णु सिंह बैजुले फाउन्डेसन अमेरिका शाखाको तर्फ़बाट उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गर्नुभयो।