अमेरीकामा कांग्रेस नेता पाण्डे सँग भेटघाट तथा अन्तरकृया

प्रकाशित मिति:

अमेरीका । राष्ट्रिय सभामा प्रतिपक्षी दलका नेता एबम नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे सँग भर्जिनियामा हालै एक भेट्घाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।  हाउस डेमोक्रेसी पार्ट्नरशिप प्रोग्राममा सहभागि हुन अमेरिका आउनु भएका नेता पाण्डे सँग भेट्घाट कार्यक्रमका सहभागिहरुले हाल नेपालमा भैरहेका राजनीतिक सामाजिक घटनाक्रम,बर्तमान सरकारका कार्यशैली,प्रतिपक्षको भूमिका र नेपाली कांग्रेस पार्टिको आन्तरिक संगठनको ब्यबस्थापन बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।

नेपाली जनसंपर्क समिती अमेरिका,भर्जिनिया च्याप्टरको संयोजनमा भएको उक्त कार्यक्रममा आफ्नो बिचार राख्दै नेता पाण्डेले राष्ट्रियता,प्रजातन्त्र र नागरिकका मौलिक हक अधिकारहरुको संरक्षण र सम्बर्धन नै नेपाली कांग्रेसको स्थापनाको मुख्य उद्धेश्य रहेको र त्यसमा नेपाली कांग्रेस सदैब अडिग रहि रहनेछ भन्ने बिचार ब्यक्त गर्नु भयो। जनताले नेपाली कांग्रेस पार्टीलाई प्रतिपक्षमा रहेर काम गर्न दिएको अभिमत अनुरुप आफ्नो दलले सदन र सडकमा जनताका आवाजलाई नै प्रतिनिधित्व गरिरहेको र बर्तमान सरकारका जन बिरोधी निरंकुश शैलीका कृयाकलापहरुको कांग्रेसले सडक र सदन दुबै स्थानबाट खबर्दारी गरिरहेको कारण कतिपय बिषयमा सरकार आफ्ना निर्णयहरु फिर्तालिन र कार्यान्वयनमा पछी हटेको छ भन्नुभयो।

पार्टीको आन्तरिक ब्यबस्थापनको बारेमा बोल्दै उहाँले अब छिट्टैनै संघिय ढाँचमा देशभर संगठनको इकाइहरु स्थापना हुने र भातृसंस्थाहरुको हकमा पनि नयाँ बिधान अनुरुप गरिने बताउनु भयो । नेपाली जनसंपर्क समिती अमेरिकाका उपसभापती केशव बराल,नेकाका पूर्व महासमिती सदस्य किरण लामा,भरत रेग्मी,श्रीधर कंडेल,मुक्तिनाथ पन्त,सागर कंडेल,राम मिश्र,चिरन्जिवी आचार्य,यम कोइराला,यम सिटौला,लक्ष्मी गौडेल,कृष्ण सादगी,गोविन्द सुबेदी,ॠषी बराल,कृष्ण लामिछाने लगायतले बिभिन्न बिषय मा जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको सहजिकरण नेपाली जनसंपर्क समिती भर्जिनिया च्याप्टरका सभापति राम शरण हुमागाई ले गर्नु भएको थियो ।