सशस्त्र प्रहरी प्रदेश ५ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक बाट सीमा स्तम्भहरुको स्थलगत अवलोकन 

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु ५ साउन  – बर्षादको समयमा आयको बाढीका कारण नेपाल भारत सीमा अन्तरगत विजयनगर गाउँपालिका वाड नम्बर ५, ठाकुरापुर नजिक चिरई खोलाका ढलेका तथा डुबेका सीमा स्तम्भहरुको स्थलगत अवलोकन भएको छ । सशस्त्र प्रहरी प्रदेश ५ का प्रमुख प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल नेतृत्वको टोलीले निरीक्षण गरेको छ । अवोलकनको क्रमा सीमा स्तम्भहरुको स्थलगत अवलोकन गरी यसको अवस्थाको बारेमा सशस्त्र प्रहरी मुख्यालयलाई जानकारी गराएएको पौडेलले बताउनुभयो । नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीको उपस्थिति र निगरानीमा यहिे मंसीरदेखि जेठसम्ममा यी पिलरहरुको निर्माण कार्य सम्पन्न भएको बताएको छ । करिब ४ महिना अघि बनाएका सीमा क्षेत्रको चिरई खोलामा ५७८।१०, ५७८।७, ५७७।९ र ५७७।७ नम्बरका माइनर पिलरहरु बनाइएको बताएको र अहिले उक्त पिलर हरु बाढी आउँदा ढलेका छन् ।

उक्त ढलेका पिलरहरुमध्ये ५७८।१० र ५७८।७ नम्बरका पिलरहरु नेपाल तर्फबाट र ५७७।९ र ५७७।७ नम्बरका पिलरहरु भारत तर्फबाट निर्माण भएको कपिलबस्तुका सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताउनु भएको छ । सीमा क्षेत्रमै नदीसिमना भएकोले नदीको बीचमा निर्माण गरिएको पिलरको गहिराई कम भएकोले उक्त पिलर हरु ढलेकोे बिजय नगर गाउपालिका का अध्यक्ष गोपाल बहादुर थापाले बताए । यसको लागी नेपाल भारत दुवै देशका सर्वेक्षण टोलीको अनुगमन गरि नदिमा पिलरहरु गहिराई र मजुबत गराउनु प्रर्ने थापाले बताउनु भयो । यता के कारण ले उक्त पिलरहरु ढलेको होत भन्ने बिषयमा सिमा अधिकारीहरुको डिजाइन नै फेल भएका कारण ढलेको भन्ने आफूलाई जानकारी आएको एसपी दिपक अधिकारीले बताउनु भएको छ । कपिलबस्तुको नेपाल भारत सिमाक्षेत्रमा कुल ९३ किलोमिटर मा मेन ,मजौला ,साना गरि ५३२ सीमा स्तम्भहरु रहेका छन् । जसमध्ये ५०७ वटा निर्माण भइसकेका छन् भने २५ सीमा स्तम्भ निर्माण हुन बाँकी रहेको बताएको छ । पिलर ढलेको सम्बन्धमा नापी विभागमा जानकारीभैुकेकोले र चाँडै नै नेपाल भारत दुवै देशका सर्वेक्षण टोलीको अनुगमनको प्रतिवेदनका आधारमा पुननिर्माण कार्य अघि बढाइने बताएको छ ।